काठमाडौं: रास्वपा संसदीय दलका नेता बालेन्द्र शाहलाई राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को १ अनुसार प्रधानमन्त्री नियुक्त गर्नुभएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय बालेनलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराएका हुन् ।
यसअघि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।
नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक हो । मधेशी समुदायका व्यक्ति नेपालको प्रधानमन्त्री बनेको पनि यो पहिलोपटक हो ।
बालेन्द्र शाहले प्रधानमन्त्री पदसँगै रक्षा र उद्योग मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका छन्।
मन्त्रिपरिषदमा स्वर्णिम वाग्ले अर्थमन्त्री, सुधन गुरुङ गृह मन्त्री, शिशिर खनाल परराष्ट्र मन्त्री बनेका छन्।
काठमाडौं । रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन् ।

























