बकैयामा आज शोक विदा: सबै सरकारी कार्यालय बन्द, नियमित परीक्षा भने चल्ने

बकैया: मकवानपुरको बकैया गाउँपालिकामा आज बिहीवार शोक विदा दिएको छ।

वडा ११ का निर्वाचित वडा सदस्य ज्ञान बहादुर गोलेको निधन भएपछि बुधबार एक सूचना जारी गर्दै गाउँपालिकाले एक बिहीवार दिन शोक बिदा दिने निर्णय गरेको हो।

शोक विदाको दिन गाउँपालिका कार्यालय तथा मातहतका सबै कार्यालय, स्वास्थ्य संस्था र शैक्षिक संस्थाहरुमा अत्यावश्यक सेवा बाहेकका सेवा बन्द रहने सुचनामा उल्लेख गरिएको छ।

साथै, हाल सञ्चालनमा रहेका विद्यालयस्तरीय परीक्षाहरु भने पूर्व निर्धारित तालिका अनुसार नै सञ्चालन हुने पनि सूचनामा उल्लेख गरिएको छ।

मंगलबार बिहान ४२ वर्षीय ज्ञान बहादुर गोलेको करेन्ट लागेर मृत्यु भएको अवस्थामा भेटिएको थियो। गोले दुई कार्यकाल वडा सदस्यमा निर्वाचित हुनुभएको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.