मकवानपुर-१ बाट उम्मेदवार पुर्व सांसद दीपक सिंहको जमानत जफत

मकवानपुर: मकवानपुर-१ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक बहादुर सिंहको जमानत जफत भएको छ। फाल्गुन २१ गते निर्वाचनमा कुल सदर मतको १० प्रतिशत नपुग्दा सिंहको धरौटी जफत भएको हो ।

यसपटकको निर्वाचनमा सिंहले ४ हजार ५ सय ७५ मत मात्रै पाए । यसअघि २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिंह २७ हजार ८५१ मतसहित निर्वाचित भए थिए । सिंह संघीय संसदको पूर्वाधार विकास समितिको सभापति समेत बनेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.