मकवानपुर १ मा रास्वपाका प्रकाश गौतम विजयी

मकवानपुर: मकवानपुर क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार प्रकाश गौतम प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार गौतमले ३६ हजार ३३ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’ ले १४ हजार ३८ मत प्राप्त गरेकी छिन्। गौतम २१ हजार ९९५ मतान्तरले विजयी भएका हुन्।

यसैगरी नेकपा (एमाले) का उम्मेदवार रामेश्वर राना मगरले १२ हजार ७८३ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का विजय गौतमले १० हजार ७८८ मत ल्याएका छन्।

उज्यालो नेपाल पार्टीका सुरेन्द्र लामाले १० हजार २०५ मत प्राप्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपकबहादुर सिंहले चार हजार ५७४ मत ल्याएका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस क्षेत्रमा कुल ९५ हजार ३१० मत खसेको थियो। यस नतिजासँगै मकवानपुर १ मा रास्वपाले मकवानपुरको दुवै प्रतिनिधिसभामा आफ्नो उपस्थिति जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.