दोस्रो बागमती-१ अध्यक्ष कप: आयोजक `ए´ र बन्जरे फाइनलमा

बागमती: मकवानपुरको बागमती गाउँपालिका-१ मा जारी टोलस्तरिय दोस्रो बागमती-१ अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ। सोमबार रामपुर मैदानमा दुई सेमिफाइनलका खेलहरु सम्पन्न भएसँगै प्रतियोगिताको फाइनल समीकरण पूरा भएको हो।

सोमबार भएको पहिलो सेमिफाइनल खेलमा नोआ क्लबलाई सडनडेथमा ८-७ गोलले हराउँदै आयोजक `ए´ फाइनलमा प्रवेश गरेको छ। निर्धारित खेल समय गोलरहित बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको थियो।

खेलको म्यान अफ द म्याच आयोजकका गोलरक्षक राधिप स्याङ्तन घोषित भए।

सोमबार नै भएको दोस्रो सेमिफाइनलमा ताम्सालिङ युवा टिमलाई १-० गोलले हराउँदै बन्जरे युवा टिम प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। बन्जरेका लागि प्रविन राईले निर्णायक गोल गरे। राई म्यान अफ द म्याच घोषित भए।

प्रतियोगिताको फाइनल खेल ६ गते हुनेछ । विजेता टिमले ६० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.