दोस्रो बागमती-१ अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु, रामपुरको विजयी सुरुवात

बागमती: मकवानपुर बागमती गाउँपालिका-१ मा टोलस्तरिय दोस्रो बागमती-१ अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ। रामपुर मैदानमा सुरु प्रतियोगिताको शुक्रबार बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले उद्घाटन गर्नुभएको हो।

शुक्रबार भएको उद्घाटन खेलमा नुआ क्लबलाई टाइब्रेकरमा ५-४ गोलले हराउँदै रामपुर युवा क्लब विजयी हुँदै सेमिफाइनल प्रवेश गरेको छ। निर्धारित खेल समय १-१ गोलले बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। रामपुरका लागि करण कुमार विष्ट र नुआका लागि मेषक राईले पेनाल्टीमार्फत १ गोल फर्काएका थिए।

खेलको म्यान अफ द म्याच रामपुरका राजेश माझी घोषित भए।

प्रतियोगिताको फाइनल खेल ६ गते हुनेछ । विजेता टिमले ६० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । बागमती-१ का कार्यवाहक वडाध्यक्ष हस्त बहादुर थिङको सभाध्यक्षतामा भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा बागमती-३ का वडाध्यक्ष कमान सिं पाख्रीन, एन्फा मकवानपुरका उपाध्यक्ष अरुण बल, बागमती खेलकुद विकास समितिका अध्यक्ष रहर सिं थिङ लगायतको आतिथ्यता रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.