प्रथम ५ नम्बर वडास्तरिय फुटबल प्रतियोगिता: उपाधिका लागि १ र २ नम्बर भिड्ने

बागमती: मकवानपुरको बागमती गाउँपालिकामा जारी प्रथम ५ नम्बर वडास्तरिय फुटबल प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ। बुधबार कटुसपानी/हिलेपानी मैदानमा दुई सेमिफाइनलका खेलहरु सम्पन्न भएसँगै प्रतियोगिताको फाइनल समीकरण पूरा भएको हो।

बुधबार भएको पहिलो सेमिफाइनलमा वडा नम्बर ४ को `बी´ लाई २-० गोलले हराउँदै वडा नम्बर २ प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ।

२ नम्बरका लागि दुवै गोल सुरज राईले गरे। खेलको म्यान अफ द म्याच राई घोषित भए। उनलाई बागमती-५ का वडाध्यक्ष विजय भ्लोनले ट्रफी वितरण गरे।

बुधबार नै भएको खेलमा आयोजक `सी´ लाई १-० गोलले हराउँदै वडा १ नम्बर फाइनल प्रवेश गरेको हो। १ नम्बरका लागि अमिन राईले निर्णायक गोल गरे। खेलको म्यान अफ द म्यान अफ द म्याच राई घोषित भए। उनलाई कार्यक्रमका प्रमुख अतिथि छवि बोम्जनले ट्रफी प्रदान गरे।

ताम्सालिङ युवा समाजको आयोजना तथा ५ नम्बर वडा कार्यालयको प्रायोजनमा जारी प्रतियोगिताको उपाधिका लागि बिहीवार वडा नम्बर १ र २ बीच दिउँसो १ बजे प्रतिस्पर्धा हुनेछ। विजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.