प्रथम ५ नम्बर वडास्तरिय फुटबल प्रतियोगिता सुरु: खेल मैदान पनि उद्घाटन

बागमती: मकवानपुरको बागमती गाउँपालिका ५ कटुसपानी/हिलेपानी मैदानमा प्रथम ५ नम्बर वडास्तरिय फुटबल प्रतियोगिता सुरु भएको छ। बागमती-५ वडा कार्यालयको प्रायोजन र ताम्सालिङ युवा समाजको आयोजनामा शनिबारबाट प्रतियोगिता र खेल मैदानको बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले उद्घाटन गर्नुभएको छ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक `बी´ लाई ४-० गोलले हराउँदै वडा नम्बर ४ को `बी´ ले विजयी सुरुवात गरेको छ। बागमती गाउँपालिकाले आफ्नै लगानी र स्थानीयहरुको श्रमदानमा तयार पारिएको खेल मैदानमा पहिलो पटक फुटबल प्रतियोगिता सञ्चालन गरिएको हो।

प्रतियोगितामा १० टिम सहभागी छन् । प्रतियोगिताको विजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सञ्चालन बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानका स्वकीय सचिव मनोज बलले सञ्चालन गर्नुभएको छ।

प्रतियोगिताका संयोजक सत्तेमान लोप्चनको सभाध्यक्षमा भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष फणीन्द्र तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी, बागमती-५ का वडाध्यक्ष विजय कुमार भोलन, कार्यपालिका सदस्य सदस्य डम्बर बहादुर बिक, बागमती-५ का वडा सदस्य राम सिं गोले, पालिका खेलकुद विकास समितिका अध्यक्ष रहर सिं थिङ, उपाध्यक्ष मुक्ति लामा, नेपाली कम्युनिस्ट पार्टीका बागमती गाउँपालिका कमिटीका इन्चार्ज ज्ञान सागर भ्लोन, नेपाली काङ्ग्रेसका प्रदेश क्षेत्रीय सचीव शंकर पराजुली र शिक्षक सुवर्ण वाईबा लगायतको आतिथ्यता रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.