बागमती: मकवानपुरको बागमती गाउँपालिकाको हिउँदे अधिवेशन सम्पन्न भएको छ। बिहीवार गाउँपालिकाका अध्यक्ष सर्केश घलानको अध्यक्षतामा दोस्रो गाउँसभा अन्तर्गत आठौं अधिवेशन सम्पन्न भएको हो।

गाउँपालिकाको चालु आर्थिक वर्ष २०८२/८३ को अर्ध वार्षिक अवधि (साउन देखि पौष सम्म) मा गाउँपालिका स्रोत चालु तर्फ ६ करोड ७२ लाख १ सय ६१ रुपैयाँ, प्रदेश सशर्त अनुदान चालु तर्फ १० लाख ९० हजार ७ सय ५० रुपैयाँ, सङ्घीय सशर्त अनुदान चालुतर्फ ७ करोड ६० लाख १७ हजार ९३ रुपैयाँ खर्च भएको छ। त्यसैगरी, पुँजीगत तर्फ विनियोजित रकम मध्ये गाउँपालिका स्रोत पुँजीगत तर्फ ७० लाख १० हजार ३ सय ६१ रुपैयाँ खर्च भएको छ। चालु तर्फ २९.५९ प्रतिशत र पुँजीगततर्फ २.१२ प्रतिशत गरी कुल विनियोजित रकममा १८.१२ प्रतिशत प्रगति हासिल भएको छ।
चालु आर्थिक वर्षको लागि दोस्रो गाउँसभाको सातौं अधिवेशनबाट कुल विनियोजित ८३ करोड ७२ लाख ६७ हजार ६७४ मध्ये चालुतर्फ ४८ करोड ७७ लाख ३१ हजार ८९ रुपैयाँ, पुँजीगततर्फ ३४ करोड ९५ लाख ३६ हजार ५८५ विनियोजित भएको थियो। कुल चालु विनियोजित रकम मध्ये गाउँपालिका स्रोत चालु तर्फ रु. २३ करोड ७५ लाख ५५ हजार ०८९, प्रदेश सशर्त अनुदान चालु तर्फ रु. १ करोड ७६ लाख ७९ हजार, प्रदेश विशेष अनुदान चालु तर्फ रु. ५० लाख, सङ्घीय सशर्त अनुदान चालु तर्फ २१ करोड ७ लाख, सङ्घीय विशेष अनुदान चालु तर्फ १ करोड ६५ लाख विनियोजन भएको थियो। त्यसैगरी, कुल पुँजीगत विनियोजित रकम मध्ये गाउँपालिका स्रोत पुँजीगत तर्फ २० करोड ७० लाख ३६ हजार ५८५, प्रदेश सशर्त अनुदान पुँजीगत तर्फ ३० लाख, प्रदेश समपुरक पुँजीगत तर्फ रु. २ करोड ३१ लाख, सङ्घीय सशर्त पुँजीगत तर्फ रु. ८ करोड ५४ लाख, सङ्घीय विशेष पुँजीगत तर्फ रु. २ करोड २० लाख, सङ्घीय समपुरक पुँजीगत तर्फ रु. ९० लाख विनियोजन भएको थियो।
गाउँसभामा गाउँपालिकाका उपाध्यक्षले आर्थिक वर्ष २०८२/८३ को संशोधित बजेट तथा कार्यक्रमको वक्तव्य प्रस्तुत गर्नुभयो भने विषयगत समितिका संयोजकहरुले सभामा प्रस्तुत गर्नुभएको थियो।























