बकैया गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता माघ १९ र २० गते हुने

मकवानपुर: मकवानपुरको बकैया गाउँपालिकामा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता माघ १९ र २० गते हुने भएको छ ।

आइतबार एक सूचना जारी गर्नुहुँदै बकैया खेलकुद विकास समितिका संयोजक विजय लामा थिङले प्रतियोगिताबारे जानकारी गराउनुभएको हो।

प्रतियोगिता कर्मप्राप्ती माध्यमिक विद्यालय, बकैया–५, कर्मचुली मा सञ्चालन हुनेछ। खेलहरू विहान ९ बजेदेखि सुरु हुने जनाइएको छ। प्रतियोगितामा सहभागी हुन सम्बन्धित सबै विद्यालयलाई तयारीसहित नियमानुसार सहभागिता जनाउन अनुरोध गरिएको छ।

सूचनामा वडा खेलकुद विकास समितिका संयोजकहरूलाई आ–आफ्नो वडाभित्रका विद्यालयहरूसँग आवश्यक समन्वय तथा सहजीकरण गरिदिन अनुरोध गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.