बकैया: मकवानपुरको बकैया गाउँपालिकामा जारी सातौं संस्करणको बकैया गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत महिलातर्फको फाइनल समीकरण पूरा भएको छ। आइतबार बकैया रंगशालामा दुवै सेमिफाइनल सम्पन्न भएसँगै प्रतियोगिताको फाइनल समीकरण पूरा भएको हो। 
आइतबार भएको पहिलो सेमिफाइनल खेलमा वडा नम्बर ३ लाई १-० गोलले हराउँदै ९ नम्बर फाइनलमा प्रवेश गरेको हो। ९ नम्बरका लागि कप्तान लमिन बोम्जनले गरेको एक गोल नै निर्णायक बन्यो।

खेलको म्यान अफ द म्याच ९ नम्बरका कप्तान बोम्जन घोषित भए।

यस्तै आइतबार भएको दोस्रो सेमिफाइनल खेलमा वडा नम्बर ६ लाई ४-० गोलले हराउँदै ५ फाइनलमा प्रदेश गरेको छ। वडा नम्बर ५ को जितमा सलिना वाईबाले ३ गोल गर्दै ह्याटि्रक पूरा गरे भने एक गोल आत्मघाती उपहार पाएको हो।

खेलको म्यान अफ द म्याच वाईबा घोषित भए।
महिला र पुरुष दुवैतर्फको फाइनल सोमबार हुनेछ।
प्रतिकृया दिनुहोस्























