बकैया: मकवानपुरको बकैया गाउँपालिकामा जारी सातौं संस्करणको बकैया गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत पुरुषतर्फको फाइनल समीकरण पूरा भएको छ। शनिबार बकैया रंगशालामा दुवै सेमिफाइनल सम्पन्न भएसँगै प्रतियोगिताको फाइनल समीकरण पूरा भएको हो।

शनिबार भएको पहिलो सेमिफाइनल खेलमा वडा नम्बर ३ लाई टाइब्रेकरमा ४-३ गोलले हराउँदै ९ नम्बर फाइनलमा प्रवेश गरेको हो। निर्धारित खेल समय गोलरहित बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको थियो।

खेलको म्यान अफ द म्याच ९ नम्बरका गोलरक्षक रोशन वाईबा घोषित भए।

यस्तै शनिबार भएको दोस्रो सेमिफाइनल खेलमा वडा नम्बर २ लाई ४-० गोलले हराउँदै साविक विजेता वडा नम्बर ३ फाइनलमा प्रदेश गरेको छ। वडा नम्बर ३ को जितमा आयुष नेगिले ३ गोल गर्दै ह्याटि्रक पूरा गरे भने अजन गोलेले एक गोल थपे।

खेलको म्यान अफ द म्याच नेगि घोषित भए।
महिलातर्फको सेमिफाइनल आज आइतबार दिउँसो हुनेछ। महिलातर्फ वडा नम्बर ३ नम्बर र ९ नम्बर बीच दिउँसो १ बजे र दोस्रो सेमिफाइनलमा दिउँसो ३ बजे ५ र ६ नम्बर बिच प्रतिस्पर्धा हुनेछ। महिला र पुरुष दुवैतर्फको फाइनल सोमबार हुनेछ।























