बकैया: मकवानपुरको बकैया गाउँपालिकामा जारी सातौं संस्करणको बकैया गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत महिलातर्फ ५ नम्बर सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार भएको खेलमा ७ नम्बरको टिमलाई १-० गोलले हराउँदै ५ नम्बर सेमिफाइनल प्रवेश गरेको हो।

५ नम्बरका लागि कोपिला वाईबाले दोस्रो हाफ गरेको १ गोल नै निर्णायक बन्यो। खेलको म्यान अफ द म्याच वाईबा घोषित भइन्। उनले २ हजार रुपैयाँ प्राप्त गरिन्।

अब ५ नम्बरले सेमिफाइनलमा २ नम्बर र ६ नम्बर बिचको विजेतासँग खेल्नेछ। प्रतियोगितामा महिलातर्फ ८ टिमको सहभागी छ। सातौं संस्करणबाट बकैया खेलकुद विकास समितिले महिलातर्फको प्रतियोगिता पनि सञ्चालन गरेको हो।
प्रतिकृया दिनुहोस्























