मकवानपुर: मकवानपुरको बकैया गाउँपालिकाको फुटबल टिम ललितपुरको बागमती गाउँपालिकामा जारी छैठौं अध्यक्ष कप अन्तरपालिका फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
बुधबार भएको खेलमा गोदावरी नगरपालिकालाई ३–१ गोलअन्तरले बकैया सेमिफाइनल प्रवेश गरेको बकैया खेलकुद विकास समितिका संयोजक विजय लामा थिङले बताउनुभयो । बकैयाले प्रतियोगिता अन्तर्गत पहिलो खेलमा महांकाल गाउँपालिकालाई ४–० गोलअन्तरले र पराजित दोस्रो खेलमा बकैया–बि लाई ३–१ ले हराउँदै हराएको थियो। सेमिफाइनल प्रवेश गरेको बकैयाले बिहीवार दिउँसो २ बजे ललितपुरकै कोज्योसोम गाउँपालिकासँग सेमिफाइनल खेल खेल्नेछ। दुई वटै सेमिफाइनल खेल बिहीवार हुनेछन् भने फाइनल शुक्रबार हुनेछ।
विजेता टिमले २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले १ लाख पाउनेछन् ।
प्रतिकृया दिनुहोस्





















