मकवानपुर: मकवानपुरको बकैया गाउँपालिकाको फुटबल टिमले ललितपुरमा सुरु भएको छैठौँ बागमती अध्यक्ष कप अन्तरपालिका स्तरीय फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ।
बकैया खेलकुद विकास समितिका अध्यक्ष विजय लामा थिङका अनुसार बकैयाले महांकाल गाउँपालिका माथि ४–० को शानदार जित निकाल्दै विजयी सुरुवात गरेको हो।

बकैयाका लागि खेल सुरु भएको १६ सेकेन्डमै कप्तान अभिषेक भोलनले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए। त्यसपछि पनि आक्रामक खेल प्रदर्शन गर्दै उनले २०औँ मिनेटमा दोस्रो गोल गरी आफ्नो व्यक्तिगत दोस्रो गोल पूरा गरे। दोस्रो हाफमा पनि बकैया गाउँपालिकाको दबदबा कायमै रह्यो। खेलको ५१औँ मिनेटमा सूजन गुरुङले तेस्रो गोल गरे भने ५८औँ मिनेटमा विशाल भोलनले चौथो गोल गर्दै टिमको जित सुनिश्चित गरे। उत्कृष्ट प्रदर्शन गरेका सूजन गुरुङ म्यान अफ द म्याच घोषित हुँदै ३ हजार रुपैयाँ प्राप्त गरे।
?
बकैयाले अब दोस्रो खेल मंगलबार खेल्नेछ। प्रतियोगिताको विजेता टिमले २ लाख र उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।





















