बकैया-५ स्तरिय फुटबल प्रतियोगिताको उपाधी एकता टोललाई

बकैया: बकैया गाउँपालिका वडा नम्बर ५ स्तरीय नक आउट फुटबल प्रतियोगिताको उपाधी एकता टोल विकास समितिले हात पारेको छ। शनिबार कर्माचुली रंगशालामा भएको फाइनल खेलमा प्रगति टोल विकास समितिलाई टाइब्रेकरमा ३-१ गोलले हराउँदै एकताले उपाधी जितेको हो।

निर्धारित खेल समय गोलरहित बराबरीपछि टाइब्रेकरमा धकेलिएको थियो। विजेता एकताले २० रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरे भने उपविजेता प्रगतिले १० हजार रुपैयाँ प्राप्त गरे।

बकैया-५ का खेलकुद विकास समिति अध्यक्ष एवम् प्रतियोगिताको संयोजक विनोद वाईबाको सभाध्यक्ष तथा गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्यता, विशिष्ट अतिथि बकैया-५ की वडाध्यक्ष लक्ष्मी जिम्बा, वडा सदस्य अमृत थिङ र बकैया गाउँपालिका खेलकुद विकास समितिका संयोजक विजय लामा थिङ, शिक्षा शाखाका प्रमुख आइतराम तामाङ लगायतको आतिथ्यता रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.