मधेस प्रदेशका प्रमुख भण्डारी पदमुक्त

मकवानपुर: सरकारले मधेस प्रदेशका प्रमुख समित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख भण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले जानकारी दिए।

उनका अनुसार मधेस प्रदेशको प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्णलाई नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफरिस गरिएको छ।

नेकपा एमालेको मधेस प्रदेशका संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरी सपथ खुवाएपछि प्रदेश प्रमुख भण्डारी विवादमा तानिएकी थिइन्। मधेसवादी दलहरूले भण्डारीलाई बर्खास्त गर्न माग गरेका थिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.