आयोजक गढन बी लाई तिहार कप ८ फुटबल प्रतियोगिताको उपाधी

बागमती: मकवानपुरको बागमती गाउँपालिका-३ स्थित गढनमा आयोजना भएको `तिहार कप ८ ए साइड फुटबल प्रतियोगिताको उपाधी आयोजक गढन बी ले जितेको छ।शुक्रबार भएको फाइनल खेलमा योङ्गस्टार युवा क्लब राइगाउँलाई टाइब्रेकरमा २-१ गोलले हराउँदै आयोजक बी ले उपाधी जितेको हो।

निर्धारित खेल समय गोलरहित बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धलेलिएको थियो। विजेता आयोजकले ३० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् भने उपविजेताले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन्।

प्रतियोगितामा ठुलोदमार एफसीलाई हराउँदै योङ्गस्टार फाइनलमा प्रवेश गरेको थियो भने आयोजक बी ले रामपुर युवा क्लबलाई हराउँदै फाइनल प्रवेश गरेको थियो। प्रतियोगितामा साविक राइगाउँ गाविस अन्तर्गतका ११ वटा टिमहरुको सहभागिता रहेको थियो।

गढन एफसीका सचिव विकास दोङको सभाध्यक्षता तथा युवा नेता छिरिङ दोर्ज पाख्रीनको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा बागमती-३ का वडा सदस्य तुल बहादुर मोक्तान र ज्ञान मन्दिरका शिक्षक पेमा दोर्जे लामा लगायत स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.