तिहार कप फुटबल प्रतियोगिता: आयोजक गढन र योङ्ग स्टार फाइनलमा

बागमती: मकवानपुरको बागमती गाउँपालिका-३ स्थित गढनमा जारी `तिहार कप ८ ए साइड फुटबल प्रतियोगिताको फाइनल खेल्ने दुई टोलीको टुङ्गो लागेको छ। मंगलबार दुई वटै सेमिफाइनलका खेल सम्पन्न भएसँगै प्रतियोगिताको उपाधीका लागि भिड्ने टोलीहरुको टुङ्गो लागेको हो।

फुटबल क्लब गढनको आयोजना जारी प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा योङ्ग स्टार युवा क्लबले ठुलोदमार एफसीलाई ४-० गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो भने दोस्रो सेमिफाइनल खेलमा आयोजक बी ले रामपुर युवा क्लबलाई टाइब्रेकरमा हराउँदै फाइनलमा स्थान बनाएको हो।

प्रतियोगितामा साविक राइगाउँ गाविस अन्तर्गतका ११ वटा टिमहरुको सहभागिता रहेको थियो।

फाइनल प्रवेश गरेको आयोजक बी र योङ्गस्टार बीच बुधबार दिउँसो २ बजे उपाधीका लागि भिडन्त हुनेछ । विजेताले ३० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.