बिग ब्वाइज बागमती र हर्नामाडी बकैया कपको फाइनलमा

बकैया: मकवानपुरको बकैया गाउँपालिकामा जारी प्रथम बकैया कप खुल्ला फुटबल प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ। शनिबार सेमिफाइनलका दुवै खेलहरु सम्पन्न भएसँगै प्रतियोगिताको फाइनल खेल्ने दुई टोलीको टुङ्गो लागेको हो।

शनिबार भएको पहिलो सेमिफाइनलमा आयोजक `बी´ लाई १-० गोलले हराउँदै हर्नामाडी एफसी हेटौंडा फाइनलमा प्रवेश गरेको हो। हर्नामाडीका लागि सुनिल घलानले खेलको सातौं मिनेटमा निर्णायक गोल गरे।

खेलको म्यान अफ द म्याच घलान घोषित भए।

यस्तै दोस्रो सेमिफाइनल खेलमा आयोजक `ए´ लाई टाइब्रेकरमा ४-३ गोलले हराउँदै बिग ब्वाइज एफसी बागमती गाउँपालिका फाइनलमा प्रवेश गरेको छ। निर्धारित खेल समय १-१ गोलको बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। आयोजकका लागि सुजन गुरुङले पहिलो हाफको २१ औं मिनेटमा र बिग ब्वाइजका लागि सन्देश चौधरीले खेलको दोस्रो हाफको २१ औं मिनेटमा एक-एक गोल गरेका थिए।

खेलको म्यान अफ द म्याच गुरुङ घोषित भए।

फाइनल प्रवेश गरेको हर्नामाडी र बिग ब्वाइज बीच उपाधीका लागि आइतबार दिउँसो १ बजे भिडन्त हुनेछ।
विजेताले टिमले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.