बकैया खुल्ला फुटबल प्रतियोगिता: बिग ब्वाइज, जीवन ज्योति र आयोजकको विजयी सुरुवात

बकैया: मकवानपुरको बकैया गाउँपालिकामा जारी प्रथम बकैया खुल्ला फुटबल प्रतियोगिता अन्तर्गत बुधबार ३ खेल सम्पन्न भएको छ।

बकैया-३ स्थित बकैया खेलमैदानमा बुधबार भएको पहिलो खेलमा बिग ब्वाइज एफसी बागमती गाउँपालिकाले एकता बैण्ड एफसी बकैयालाई ३-२ गोलले हराएको छ। खेलको पहिलो हाफको दोस्रो मिनेटमा उप्रान्त आले मगरले, आकाश रानाले चौथो र मिथुन लामाले ५१ औं मिनेटमा गोल गरे। एकताका लागि विशाल भोलनले ९ औं, सिमन भोलनले १८ औं मिनेटमा गोल गरे। खेलको म्यान अफ द म्याच बिग ब्वाइजका मिथुन घोषित भए।

यस्तै दोस्रो खेलमा बकैया-५ स्थित जीवन ज्योति एफसीले लेभल अप हेटौंडालाई २-० गोलले हराएको छ।

जीवन ज्योतिका लागि मिलन स्याङ्तनले खेलको २४ औं मिनेटमा र समीर थोकरले खेलको दोस्रो हाफको १२ औं मिनेटमा गोल गरे । खेलको म्यान अफ द म्याच स्याङ्तन घोषित भए।

यस्तै बुधबारको तेस्रो खेलमा आयोजक ए ले बागमती गाउँपालिकाको टिमलाई २-१ गोलले हराएको छ।

आयोजकको लागि अविशेक भोलनले पहिलो हाफको छैठौं र २० औं मिनेटमा गोल गरे भने बागमतीका अमर पाख्रीनले दोस्रो हाफको २३ औं मिनेटमा एक गोल फर्काए। खेलको म्यान अफ द म्याच भोलन घोषित भए।

प्रतियोगिताको फाइनल खेल कार्तिक २ गते हुनेछ । प्रतियोगिताको विजेताले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.