हेटौंडामा लङगुर बुर्जा खेलाउने पाँच जना पक्राउ (नामसहित)

मकवानपुर: मकवानपुर प्रहरीले हेटौंडामा लङगुर बुर्जा खेलाउने पाँच जनालाई जना पक्राउ गरेका छन् ।

असोज २३ गते राति ९ बजे हेटौंडा उपमहानगरपालिका–८ कमानेस्थित नमुना चोकमा अवैध रूपमा लङगुर बुर्जा खेलाइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको छ ।

प्रहरीले उनीहरूलाई लङगुर बुर्जाको गट्टी र खाल १ सेट सहित नगद ३ लाख ९ सय ६५ रुपैयाँ बरामद गरी नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका ५ जनामाथि आवश्यक अनुसन्धान कार्य जारी रहेको प्रहरीको भनाइ छ।

पक्राउ पर्नेहरु:
१) राम कृष्ण मैनाली (२७ वर्ष), हेटौंडा उ.म.न.पा.–८, नमुना चोक
२. दिपक अर्याल (४२ वर्ष), मकवानपुरगढी गा.पा.–४ घर भई हाल हेटौंडा उ.म.न.पा.–५
३. विजय लामा (२६ वर्ष), हेटौंडा उ.म.न.पा.–१७ घर भई हाल हेटौंडा उ.म.न.पा.–१५
४. सुरेन्द्र अधिकारी (३९ वर्ष), हेटौंडा उ.म.न.पा.–९ घर भई हाल हेटौंडा उ.म.न.पा.–८
५. अर्जुन तामाङ (३१ वर्ष), बागमती गा.पा.–८ घर भई हाल हेटौंडा उ.म.न.पा.–८

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.