आगलागी पीडित जिम्बाको परिवारलाई काङ्ग्रेस बकैया समितिको सहयोग

मकवानपुर: नेपाली काङ्ग्रेस बकैया गाउँपालिका समितिले आगलागीबाट पीडित बकैया-५ श्रीपुरस्थित एक परिवारलाई आर्थिक सहयोग गरेको छ। मंगलबार गत भदौ २० गते घरमा आगलागी हुँदा असोज १ गते मृत्यु भएका ४५ वर्षीय लिलाराम जिम्बाको परिवारलाई भेटघाट गरी आर्थिक सहयोग गरिएको हो ।

नेपाली काङ्ग्रेस बकैयाका सभापति दिल बहादुर बोम्जनको सभाध्यक्षमा पार्टी जिल्ला उपसभापति एवम् बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, निवर्तमान अध्यक्ष दामोदर खनाल र बकैया-५ की अध्यक्ष लक्ष्मी जिम्बासहितको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको छ। पार्टी बकैया समितिका प्रवक्ता विजय लामा थिङका अनुसार मृतकका बुबा देव जीत जिम्बालाई सहयोग रकम हस्तान्तरण गरिएको हो। १ लाख बागमती प्रदेशका मुख्यमन्त्री एवम् पार्टी बागमती प्रदेश सभापति इन्द्र बहादुरले १ लाख रुपैयाँ र काङ्ग्रेस बकैया समितिको तर्फबाट १ लाख ९ हजार रुपैयाँ गरी २ लाख ९ हजार रुपैयाँ हस्तान्तरण गरिएको प्रवक्ता थिङले बताउनुभयो ।

गत भदौ २० गते आफ्नै घरमा आगलागी हुँदा करोडौं क्षति बेहोर्नुपरेका लिलाराम जिम्बाको असोज १ गते उपचारको क्रममा निधन भएको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.