बागमती भेट्रान्स फुटबल प्रतियोगिता: ४ र ७ को बी टिम फाइनलमा प्रवेश

बागमती: मकवानपुरको बागमती गाउँपालिकामा जारी ८ ए साइड बागमती भेट्रान्स पुरुष फुटबल प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ।

शनिबार बागमती-४ स्थित सहिद स्मृति रंगशालामा दुवै सेमिफाइनलका खेलहरु सम्पन्न भएसँगै प्रतियोगिताको फाइनल खेल टोली टुङ्गो लागेको हो।

शनिबार भएको पहिलो सेमिफाइनल खेलमा ७ को बी टिमले वडा नम्बर ५ लाई २-१ गोलले र ४ ले पनि २ नम्बरलाई २-१ गोलले हराउँदै फाइनल प्रवेश गरेको हो।

वाइसीएल बागमती गाउँपालिका कमिटीको आयोजनामा जारी प्रतियोगिताको उपाधीका लागि ४ र ७ को बी टिमबीच भोलि आइतबार प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो ३ बजे सुरु हुने अध्यक्ष आकाश लोप्चनले बताउनुभयो । प्रतियोगिताको विजेता टिमले २० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.