मकवानपुर: बागमती गाउँपालिकाले `बागमती फुटबल एकेडेमी´ संचालनका लागि अभिभावक अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ। बुधबार एक सूचना जारी गर्नुहुँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जीले कार्यक्रमबारे जानकारी गराउनुभएको हो।

भदौ ११ र १२ गते दोस्रो चरणको खेलाडी छनोटमा पर्न सफल यु-१४ वर्ष उमेर समूहका महिला तथा पुरुष खेलाडीका अभिभावकलाई कार्यक्रममा अनिवार्य उपस्थित रहन आग्रह गरिएको छ। कार्यक्रम भोलि असोज ९ गते दिउँसो १ बजे गाउँपालिकाको सभा हलमा हुने बताइएको छ ।



प्रतिकृया दिनुहोस्






















