बागमती: मकवानपुरको बागमती गाउँपालिकाले `बागमती फुटबल एकेडेमी´ सञ्चालनको तयारी थालेको छ । गाउँपालिकाले एकेडेमी सञ्चालनका खेलाडी छनोट कार्य सुरु गर्ने भएको गाउँपालिकाका अध्यक्ष सर्केश घलानले बताउनुभयो।
प्रारम्भिक चरणमा १० देखि १४ वर्ष उमेरसमूहका खेलाडीहरु छनौट गरिने भएको छ। बिहिवार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जीले जारी गर्नुभएको सूचनामा गाउँपालिकाले पुरुष तथा महिला दुवै उमेर समूहका खेलाडीहरूको छनोट कार्यक्रम मिति, समय र स्थान तोकी प्रत्येक वडा कार्यालय, विद्यालय र सरोकारवालाहरूमार्फत जानकारी गराएको जनाएको छ।
खेलाडी छनोट कार्यक्रम भदौ १ गतेदेखि भदौ ६ गतेसम्म गाउँपालिकाका विभिन्न खेलमैदानमा हुनेछन् भदौ १ गते ४ नम्बरस्थित सहिद स्मृति खेल मैदानमा, २ गते वडा नम्बर ६ स्थित जनता मावि खेलमैदानमा, ३ गते वडा नम्बर ८ स्थित खेलमैदान, ४ गते वडा नम्बर ७ स्थित लामिटार खेलमैदानमा ५ गते वडा नम्बर ३ स्थित सहिद स्मृति खेलमैदान, ५ गते वडा नम्बर १ स्थित रामपुर खेलमैदान मा र ६ गते वडा नम्बर २ स्थित राईगाउँ खेलमैदानमा हुनेछ।
गाउँपालिकाले छनोटमा भाग लिन इच्छुक खेलाडीहरूलाई फुटबल जुत्ता, ट्र्याक, हाफ प्यान्ट, टिसर्ट र अनिवार्य रुपमा ल्याउन अनुरोध गरेको छ।

























