प्रजातान्त्रिक यातायात मजदुर संघ मकवानपुरले स्वास्थ्य बीमा सेवासम्बन्धी ज्ञापनपत्र बुझाइयो

मकवानपुर: राष्ट्रिय प्रजातान्त्रिक यातायात मजदुर संघ मकवानपुरले स्वास्थ्य बीमा सेवामा देखिएका समस्या समाधानको माग गर्दै स्वास्थ्य बीमा बोर्ड मकवानपुरमा ज्ञापनपत्र बुझाएको छ।

ज्ञापनपत्रको वाचन संघका केन्द्रीय सदस्य तथा मकवानपुर सचिव दिनेश लामाले गर्नुभयो। सो ज्ञापनपत्र स्वास्थ्य बीमा बोर्ड मकवानपुरका प्रमुख नरबहादुर खड्का समक्ष संघका जिल्ला अध्यक्ष रामहरि खतिवडा र यातायात मजदुर संघका जिल्ला अध्यक्ष काजिमान तितुङले संयुक्त रूपमा हस्तान्तरण गर्नुभयो।

संघका अनुसार हाल स्वास्थ्य बीमा अन्तर्गत जिल्लामा सेवा विस्तारको आवश्यकता देखिएको छ। विशेषगरी हेटौंडा आँखा अस्पताल लगायतका स्वास्थ्य संस्थामा प्राथमिक र विशेष सेवा स्वास्थ्य बीमा मार्फत उपलब्ध नहुँदा सर्वसाधारणले कठिनाइ भोग्नु परेको संघको दाबी छ।

संघले हेटौंडा आँखा अस्पताललाई स्वास्थ्य बीमा अन्तर्गत पहिलो सेवाकेन्द्रका रूपमा सूचीकृत गर्न, सामुदायिक आँखा अस्पतालका विवाद समाधान गर्न, रिफर प्रणाली सुधार गर्न तथा सेवा प्रदायक संस्थाको सेवा गुणस्तर अभिवृद्धि गर्न माग गरेको छ।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा संघमा आवद्ध प्रचण्ड राजथला, सम्झना मोक्तान, सन्चमाया थिङ, ददिलाल नेपाल, मनोहर नेपाल र वरिष्ठ सल्लाहकार राम प्रसाद कोईरालाको उपस्थितिसमेत रहेको थियो।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.