बागमतीको सबै वडामा नेकपाको जागरण अभियान सुरु

बागमती: नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय जागरण अभियान अन्तर्गत मकवानपुरको बागमती गाउँपालिकाका सबै वडाहरुको विस्तारित बैठक तथा अभियान उद्घाटन भएको छ। पार्टीका केन्द्रीय सदस्य सर्केश घलानका अनुसार बागमतीका ९ वटै वडामा जागरण अभियान सुरु गरिएको हो।

शनिबार मात्र वडा नम्बर ३, ५, ६ र ९ नम्बरमा विस्तारित बैठक सम्पन्न भएको छ।

वडा नम्बर ३ मा पार्टी वडा कमिटीका अध्यक्ष वीर बहादुर थिङको सभाध्यक्षता तथा केन्द्रीय सदस्य सर्केश घलानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टी प्रदेश कमिटी सचिवालय सदस्य कमान सिं पाख्रीन, प्रदेश कमिटी सदस्य रहर सिं थिङ र बल बहादुर पाख्रीन लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा वडाका एमाले वरिष्ठ नेता जित बहादुर पाख्रीन लगायतका कार्यकर्ता नेकपा प्रवेश गरेका छन् ।

५ नम्बरमा विजय कुमार ब्लोनको सभाध्यक्षता तथा केन्द्रीय सदस्य सर्केश घलानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो। कार्यक्रममा पार्टी प्रदेश सचिवालय सदस्य एवम् बागमती गाउँपालिका इन्चार्ज ज्ञान सागर लामा, प्रदेश सदस्य बुद्धिमान माझी र जिल्ला सदस्य बाबू बल लगायतको आतिथ्यता रहेको थियो।

६ नम्बरमा पार्टी वडा कमिटीका अध्यक्ष सुर्य अस्थानी मगरको सभाध्यक्ष पार्टी केन्द्रीय सदस्य प्रमिला पुलामीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेताहरु भिम भुजेल लगायतको उपस्थिति रहेको थियो।

९ नम्बर वडामा पार्टी वडा कमिटीका अध्यक्ष क्षेत्र बहादुर रानाको सभाध्यक्षता तथा केन्द्रीय सदस्य प्रेम बहादुर पुलामीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टी प्रदेश कमिटी सचिवालय सदस्य दन्तलाल माझी र बागमती गाउँपालिका कमिटीका अध्यक्ष अरुण बल लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो। अन्य वडाको यस अघि सम्पन्न भएको थियो।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.