मकवानपुर: मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङबाट ६ किलो ४० ग्राम चरेशसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ का ३३ वर्षीय हेविन श्रेष्ठ (चालक) र चितवनको भरतपुर महानगरपालिका–११ की २१ वर्षीया दिव्याश्री काफ्ले रहेका छन्।
गएराति करिब १ः४५ बजे इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले चितवनको सौराहा र हेटौँडा हुँदै काठमाडौँतर्फ जाँदै गरेको बा.प्र. ०१–०३५ च ४५६१ नम्बरको सेतो रङको ओमोडा जेइकु ६ टी एसयूभी गाडीको डिक्कीमा लुकाएर राखिएको ६ किलो ४० ग्राम तौल भएको उक्त पदार्थ बरामद गरिएको हो। पक्राउ परेका दुई जनामाथी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
प्रतिकृया दिनुहोस्




















