बागमती: मकवानपुरको बागमती गाउँपालिकामा गाउँपालिकास्तरिय बाल क्लब गठन भएको छ। बागमती गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक कमान सिं पाख्रीनको सभाध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो।
जनता माविका विद्यार्थी सुबास स्याङतनको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको छ। समितिको उपाध्यक्षमा सुर्य माविकी आरती स्याङ्तन, सचिवमा देवकी माविका सिजन घलान, कोषाध्यक्षमा जनहित आविकी प्रमिला स्याङ्तन र सहसचिवमा जनता माविकी अस्मिन खातुन चयन हुनुभएको छ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय ओम बहादुर दर्जी, वडा नम्बर-४ का वडाध्यक्ष दन्तलाल माझी, शिक्षा शाखाक प्रमुख प्रकाश चन्द, शिक्षक सहजकर्ता मनोज बल लगायतको आतिथ्यता रहेको थियो। कार्यक्रमको सहजीकरण शिक्षा शाखाका प्रतिनिधि प्रमोद राईले सञ्चालन गर्नुभएको थियो।
प्रतिकृया दिनुहोस्























