बागमती: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती गाउँपालिका कार्यसमिति मकवानपुरको सभापतिमा सुजन पाख्रीन सर्वसम्मत चयन हुनुभएको छ। शनिबार सम्पन्न पालिका अधिवेशनले पाख्रीनलाई सभापतिमा सर्वसम्मत चयन गरेको हो।

पाख्रीन पालिकाका संस्थापक सभापतिसमेत हुन् । पाख्रीनको सभापतित्वमा ११ सदस्यीय पालिका कार्यसमिति चयन भएका छ। समितिको उपसभापतिमा तारा विश्वकर्मा, सचिवमा उद्वप तिमल्सिना, सह-सचिवमा माधव घोरासैनी र कोषाध्यक्षमा निर्मल तिमल्सिना घोषित भएका छन् । यस्तै सदस्यहरुमा रविना राई, होम बहादुर आले, लक्षु बोम्जन, मन कुमारी थोकर, आइते सिं थोकर र शेर बहादुर केसी चयन हुनुभएको छ।
बागमती-८ स्थित शान्तिपुरमा भएको अधिवेशनलाई केन्द्रीय नेता तोसिमा कार्की, मकवानपुर-१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रकाश गौतम र सुनिता राई लगायतका नेताहरुले सम्बोधन गरेका थिए।
प्रतिकृया दिनुहोस्






















