बागमती: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती गाउँपालिका कार्यसमिति मकवानपुरको पालिका अधिवेशन भोलि शनिबार हुँदैछ। बागमती-८ स्थित शान्तिपुरमा हुने अधिवेशनको तयारी पूरा भएको पार्टी पालिकाका सभापति सुजन पाख्रीनले बताउनुभयो ।
पालिका अधिवेशनलाई सम्बोधन गर्न केन्द्रीय नेता तोसिमा कार्की आउने भएका छन् । पुर्व स्वास्थ्यमन्त्रीसमेत रहेकी तोसिमा कार्की प्रमुख अतिथिको रुपमा आउने सभापति पाख्रीनले बताउनुभयो । अधिवेशनमा मकवानपुर-१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रकाश गौतम लगायतका नेताहरु सहभागी हुनेछन् ।
बिहान ८ बजेदेखी सुरु हुने पालिका अधिवेशन शान्तिपुरस्थित होटल सुर्केथैलीको सभाहलमा सञ्चालन हुनेछ। अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछन् ।
प्रतिकृया दिनुहोस्






















