बागमती: मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर १ ले गुरु लामा (मुख्य) लाई आवश्यक सामग्री सहयोग गरेको छ।
शुक्रबार बागमती-१ का कार्यवाहक वडाध्यक्ष हस्त बहादुर थिङले लामाको सामग्रीहरु घरमै पुगेर हस्तान्तरण गर्नुभएको हो ।
कार्यवाहक वडाध्यक्ष थिङका अनुसार वडास्थित भैसेका प्रमुख लामा कुन्साङ लामालाई ४ प्रकारको आवश्यक सामग्री हस्तान्तरण गरिएको छ।

तामाङको रीतिरिवाज, पुजा, घेवा लगायतका संस्कारमा प्रयोग हुने मुख्य सामानहरु सहयोग गरिएको थिङले बताउनुभयो।
प्रतिकृया दिनुहोस्

























