नेपाली कांग्रेसले बागमती प्रदेशमा १३ वटा मन्त्रालयलाई घटाएर ७ वटा बनाउने

मकवानपुर: नेपाली कांग्रेसले बागमती प्रदेशमा १३ वटा मन्त्रालयलाई घटाएर ७ वटा बनाउने भएको छ। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा काठमाडौँमा चैत्र १७ गते बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो।

बैठकले निम्नानुसारका निर्णय गरेको छ ।
निर्णयहरूः
१. आजको मितिले एक हप्ताभित्र प्रदेशसभा बैठक सञ्चालन गर्न प्रदेश सरकारलाई अनुरोध गर्ने ।
२. बागमती प्रदेश सभा सभामुख पदमा नेपाली कांग्रेसले दाबी गर्ने ।
३. प्रदेश सरकारले गठन गरेको उच्चस्तरीय प्रशासनिक पुनःसंरचना समितिले बुझाएको मस्यौदामा हाल रहेको १३ वटा मन्त्रालयलाई ७ मन्त्रालयमा सीमित राख्ने र ७ वटा निर्देशनालयलाई २ वटामा सीमित राखी ५ वटा खारेज गर्नुका साथै हाल कायम रहेका कर्मचारी दरबन्दीमध्ये ७०१ जना कर्मचारी कटौती गर्ने मस्यौदालाई सरकारमा सहभागी २ दलको आपसी छलफल गरी पारित गर्नतर्फ अघि बढ्न सरकारलाई अनुरोध गर्ने ।
४. नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसका सह–महामन्त्री श्री बहादुरसिंह लामाज्यूलाई बधाई तथा शुभकामना व्यक्त गर्ने ।
५. काँग्रेसभित्रको आन्तरिक समस्यालाई आपसी सहमति र संवादमार्फत छिट्टै समाधानतर्फ अगाडि बढी पार्टीलाई १५ औँ महाधिवेशनलाई एकताको महाधिवेशनको सन्देश दिनलाई दुवै पक्षलाई आग्रह गर्ने ।
६. बागमती प्रदेशका माननीय खानेपानी उर्जा तथा सिञ्चाई मन्त्री कृष्णकुमार तामाङका पुजनीय पिता श्रीमान तामाङ, पूर्वमन्त्री तिर्थ लामाका पिता केशरबहादुर तामाङ र प्रदेशसभा सदस्य लक्ष्मी श्रेष्ठकी पति रामेश्वर श्रेष्ठको निधन भएकोमा भावपूर्ण श्रद्धाञ्जली साथै परिवारजनमा समवेदना प्रकट गर्ने ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.