नेकपाबाट मकवानपुर-१ का उम्मेदवार विजय गौतमको चुनावी खर्च सार्वजनिक, २१ लाख बढी खर्च

मकवानपुर: नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट मकवानपुर-१ का उम्मेदवार बिजय गौतमले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् । सामाजिक संजाल फेसबुकमार्फत गौतमले आफ्नो चुनावी खर्च सार्वजनिक गर्नुभएको छ।

गौतमले निर्वाचन २१ लाख ४२ हजार ५० रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगमा बुझाएको छ। गौतमको सबैभन्दा बढी वडा परिचालन तथा घरदैलो कार्यक्रममा ४ लाख रुपैयाँ खर्च भएको छ। यस्तै सवारीसाधन भाडा ३ लाख, इन्धनखर्च २ लाख ७१ हजार र छपाई खर्च २ लाख ३६ हजार रुपैयाँ खर्च भएको छ। गत फाल्गुन २१ गते सम्पन्न निर्वाचनमा गौतमले १० हजार ७ सय ८८ मत पाएका थिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.