युवा नेता मुक्ति लामा पनि प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर १ सिफारिस

मकवानपुर : नेपाली कम्युनिस्ट पार्टीबाट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मकवानपुरको क्षेत्र नम्बर १ र २ बाट प्रतिनिधि सिफारिस भइसकेका छन् । जसमा पुरानोदेखि नयाँ युवा पनि सिफारिस भएका छन् ।

जसमा मकवानपुर क्षेत्र नम्बर १ बाट युवाबाट वीर बहादुर थिङ `मुक्ति लामा´ पनि सिफारिस भएका छन् । लामा तत्कालीन माओवादी केन्द्रको युवा संगठन वाइसीएल मकवानपुरका अध्यक्षसमेत हुन् । पार्टी संयोजक पुष्पकमल दाहाल निकट नजिकका पात्र हुन् ।

लामा वाइसीएल बागमती गाउँपालिका गाउँपालिकाका हुँदै जिल्ला अध्यक्ष भएका हुन् । आफूले संगठनको नेतृत्व गर्दा पार्टीका जनताका लागि काम गरेको उहाँको भनाई छ। आफ्नो नेतृत्वमा जिल्लाका हरेक स्थानीय तहको सार्वजनिक स्थानहरुमा श्रमदान र गाउँसमाजमा हुने गरेका व्यतिथी र विसंगति रोक्न काम गरेको बताए । पुरानो र अग्रजहरुको सल्लाह लिएर युवाहरुमाझ काम गर्ने आफ्नो चाहाना रहेको पनि बताए।

मकवानपुर क्षेत्र नम्बर १ बाट शिफारिस हुनेहरुमा सर्केश घलान, प्रेम बहादुर पुलामी, विरोध खतिवडा, विजय गौतम, घनप्रसाद गौतम, प्रल्हाद लामिछाने, भीम पाख्रिन, सोमबहादुर थिङ् , किशोर टण्डन, शुभरत्न गोले, सूर्यकला तिमल्सिना, बीरबहादुर थिङ् रहेका छन् ।

त्यसैगरी मकवानपुर क्षेत्र नम्बर २ मा विरोध खतिवडा , रामनारायण बिडारी, बीरबहादुर घलान, लवशेर बिष्ट, सागर उप्रेती, किशोर बर्तौलाको नाम शिफारिस भएको छ। त्यस्तै शिफारिस हुने अन्यमा वहालवाला प्रदेश सभा सदस्य कुमारी मोक्तान, राक्सिरांग गाउँपालिकाका उपाध्यक्ष बनस्थम् थिङ् समेतको नाम भएको छ ।

यसैगरी समानुपातिकतर्फ मुनु सिग्देल, प्रमिला लामा, लक्ष्मी पाख्रिन, राममाया पाख्रिन, अप्सरा लोप्चन, गोकुल बैजु, कल्पना विश्वकर्मा, विज्ञान स्याङ्तान शिफारिस भएका छन् ।

समानुपातिकतर्फ विभिन्न भिन्न क्लस्टर अन्तर्गत शिफारिस हुने अन्यमा कृष्ण चेपाङ्, रामेशकुमार राई, रामचन्द्र बल, जीवन लामा, सन्तोषकुमार तामाङ् , बालकृष्ण चौलागाई, रामहरी सुवेदी, कृष्णप्रसाद चौलागाई र कृष्ण घिमिरे रहेका छन् ।

साथै आसन्न राष्ट्रिय सभाको निर्वाचनको लागि तारानाथ खतिवडा, बिष्णुमाया लामा र दिलबहादुर स्यांग्बोको नाम सिफारिस भएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.