मकवानपुर: नेपाली कम्युनिस्ट पार्टीबाट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मकवानपुरको क्षेत्र नम्बर १ र २ बाट प्रतिनिधि सिफारिस भइसकेका छन् । जसमा पुरानोदेखि नयाँ युवा पनि सिफारिस भएका छन् ।
जसमा मकवानपुर क्षेत्र नम्बर १ बाट दुई कार्यकाल स्थानीय सरकार सञ्चालनको अनुभव भएका युवा नेता सर्केश घलानसहित १३ जना सिफारिस भएका छन् । कामले आफ्नो पहिचान बनाएका घलान गाउँपालिका अध्यक्षहरुको तर्फबाट प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि सिफारिस भएका हुन् ।
अहिले दोस्रो कार्यकाल बागमती गाउँपालिकाको प्रमुखको रुपमा रहेका घलान आशालाग्दो उम्मेदवार हुन् । घलानले आफ्नो कार्यकालमा मकवानपुरका अधिकांश स्थानमा तत्कालीन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान कुलमान घिसिङसँगको समन्वयमा विद्युत विस्तारमा उल्लेखनीय काम गरेको भन्दै प्रशंसा हुने गरेका छन् । घलानले आफ्नो नेतृत्वमा बागमती गाउँपालिकासहित जिल्ला विभिन्न स्थानहरुमा हुने पुर्वधार निर्माण लगायत सरसफाइमा श्रमदान कार्यक्रममार्फत थुप्रै काम गरेका छन् ।
आफ्नो कार्यकालमा खेलकुदलाई उच्च प्राथमिकतामा राखेर राष्ट्रिय खेलकुद परिषदबाट देशकै उत्कृष्ट स्थानीय तहको रुपमा चिनाउन सफल भएका छन् । यस्तै घलानले अहिले बागमती गाउँपालिकामा पालिकामा स्वास्थ्य, कृषी र शिक्षामा र पुर्वधार विकासमा उत्कृष्ट काम गरेका छन् । पालिकामा स्वास्थ्य क्षेत्रमा १५ शैयाको हस्पिटल निर्माण सम्पन्न, कृषीमा बीउ पुँजी कार्यक्रममार्फत अनुदानका कृषकहरुलाई ऋण प्रदान, किसानको दुधहरुलाई पालिकामार्फत बजारीकरण गरि रकम प्रदान, बगरखेतीलाई प्रोत्साहन र व्यवस्थित गरेका छन् । शिक्षा क्षेत्रमा अहिले बागमती बहुमुखी क्याम्पस सञ्चालनको लागि अन्तिम तयारी छ।

मकवानपुर क्षेत्र नम्बर १ बाट शिफारिस हुनेहरुमा सर्केश घलान, प्रेम बहादुर पुलामी, विरोध खतिवडा, विजय गौतम, घनप्रसाद गौतम, प्रल्हाद लामिछाने, भीम पाख्रिन, सोमबहादुर थिङ् , किशोर टण्डन, शुभरत्न गोले, सूर्यकला तिमल्सिना, बीरबहादुर थिङ् रहेका छन् ।
त्यसैगरी मकवानपुर क्षेत्र नम्बर २ मा विरोध खतिवडा , रामनारायण बिडारी, बीरबहादुर घलान, लवशेर बिष्ट, सागर उप्रेती, किशोर बर्तौलाको नाम शिफारिस भएको छ। त्यस्तै शिफारिस हुने अन्यमा वहालवाला प्रदेश सभा सदस्य कुमारी मोक्तान, राक्सिरांग गाउँपालिकाका उपाध्यक्ष बनस्थम् थिङ् समेतको नाम भएको छ ।
यसैगरी समानुपातिकतर्फ मुनु सिग्देल, प्रमिला लामा, लक्ष्मी पाख्रिन, राममाया पाख्रिन, अप्सरा लोप्चन, गोकुल बैजु, कल्पना विश्वकर्मा, विज्ञान स्याङ्तान शिफारिस भएका छन् ।
समानुपातिकतर्फ विभिन्न भिन्न क्लस्टर अन्तर्गत शिफारिस हुने अन्यमा कृष्ण चेपाङ्, रामेशकुमार राई, रामचन्द्र बल, जीवन लामा, सन्तोषकुमार तामाङ् , बालकृष्ण चौलागाई, रामहरी सुवेदी, कृष्णप्रसाद चौलागाई र कृष्ण घिमिरे रहेका छन् ।
साथै आसन्न राष्ट्रिय सभाको निर्वाचनको लागि तारानाथ खतिवडा, बिष्णुमाया लामा र दिलबहादुर स्यांग्बोको नाम सिफारिस भएको छ ।





















