मकवानपुर: छैठौँ बागमती अध्यक्ष कप अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिता अन्तर्गत भोलि आइतबार मकवानपुनको बकैया गाउँपालिका र महाँकाल गाउँपालिकाबीच प्रतिस्पर्धा हुने भएको छ।
बकैया गाउँपालिका खेलकुद विकास समितिका संयोजक विजय लामा थिङ्गका अनुसार आइतबार दिउँसो १ बजे दुई पालिकाको टिम बीच प्रतिस्पर्धा हुनेछ। यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रम बिहान ११ बजे आयोजना गरिनेछ।
प्रतियोगिताको उद्घाटन बागमती गाउँपालिका वडा नं. ४, प्युटारस्थित खयरघारी खेल मैदानमा हुनेछ। संयोजक थिङ्गले अन्तरपालिका स्तरको प्रतियोगिताले स्थानीय खेलाडीको क्षमता अभिवृद्धि गर्नुका साथै आपसी सद्भाव र खेलकुद विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले खेलप्रेमी दर्शकहरूलाई उपस्थित भई खेलको उत्साह बढाइदिन आग्रह गर्नुभयो।
प्रतिकृया दिनुहोस्





















