बागमती: मकवानपुरको बागमती गाउँपालिका–८ सात्तलेमा ईनार सफा गर्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
प्रहरीका अनुसार मृत्यु हुनेमा बागमती गाउँपालिका–८ ठोटरीखोला निवासी मिनबहादुर योञ्जन रहेका छन्। ईनार सफा गर्ने क्रममा गम्भीर अवस्थामा पुगेका उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।
उक्त घटनामा संलग्न उनका भतिज नबिन योञ्जन र भान्जा समिर वाइबा घाइते भएका छन्। घाइते दुवै जनालाई उपचारका लागि फापरबारी लगिएको प्रहरीले जनाएको छ्।स्थानीयका अनुसार ईनारभित्र अक्सिजनको अभावका कारण घटना भएको हुन सक्ने आशंका गरिएको छ ।
घटनास्थलमा इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली पुगिसकेको छ भने थप अनुसन्धान कार्य जारी रहेको बताइएको छ। घटना आज दिउँसो करिब ३ बजे भएको हो।
प्रतिकृया दिनुहोस्






















