जेनजी पुस्ताले नयाँ पार्टी खोलेर निर्वाचनमा भाग लिन्छ: सुदन गुरूङ

मकवानपुर: जेनजी अभियानी सुदन गुरूङले जेनजी पुस्ताले नयाँ पार्टी खोलेर निर्वाचनमा भाग लिने बताएका छन्।

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचन तोकेको छ।

उक्त निर्वाचनमा नयाँ पार्टीले भाग लिने गुरूङले बताए। पार्टीको नाम के रहने चाहिँ उनले बताएनन्।

काठमाडौं महानगरका मेयर बालेन शाहलाई आफूले अहिलेसम्म भेट नगरेको पनि गुरूङले बताए। बालेनले स्वतन्त्र रूपमा लड्न र जित्न सकिन्छ भनेर आशा जगाएको भए पनि व्यक्तिगत रूपमा बालेनसँग आफ्नो चिनजान नरहेको उनले बताए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.