सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढ्यो

हेटौडा । सुनको भाउ आज तोलामा छ सय रुपैयाँले बढेको छ । हिजो प्रतितोला एक लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख ३६ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनको भाउ अहिलेसम्मकै सबैभन्दा धेरै हो । चाँदीको भाउ पनि आज बढेको छ । हिजो तोलाको एक हजार ६ सय ७० रुपैयाँ रहेको चाँदीको भाउ आज १५ रुपैयाँ बढेर एक हजार ६ सय ८५ रुपैयाँ पुगेको हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.