आज सबैजसो प्रदेशमा वर्षा र बदलीको सम्भावना

मकवानपुर: आज सबैजसो प्रदेशमा वर्षा र बदलीको सम्भावना छ । साथै कोशी र मधेश प्रदेशका थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी प्रदेशसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने बाँकी भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेशका हिमाली तथा पहाडी भागका केही ठाउँ तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भागका केही ठाउँमा मेघ गर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

यसैगरी, मधेस प्रदेशसहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भाग तथा कोशी प्रदेशको तराई क्षेत्रका एक÷दुई ठाउँमा पनि मेघगर्जन तथा चट्याङसहित पानी पर्न सक्ने अनुमान छ । मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

अहिले देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान र गए राति गण्डकी, बागमती र कोशी प्रदेशका केही ठाउँमा पानी परेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.