मकवानपुर: नेपाल पहरी विकास संघ मकवानपुरको अध्यक्षमा विकी पहरी चयन हुनुभएको छ। शनिबार बागमती-४, झुरझुरेमा सम्पन्न तेस्रो जिल्ला अधिवेशनले विकीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।
विकी पहरीकाे अध्यक्षतामा ९ कार्य समिति चयन भएका छन् । समितिको उपाध्यक्षमा पदम पहरी, सचिवमा मिलन पहरी र कोषाध्यक्षमा कुमारी माया पहरी चयन हुनुभएको छ। संघको केन्द्रीय उपाध्यक्ष जनक पहरीकाे प्रमुख आतिथ्यतामा अधिवेशन भएको हो। संघको केन्द्रीय अधिवेशन जेठ ९ गते काठमाडौंमा हुने जनाएको छ।
प्रतिकृया दिनुहोस्






















