बागमती: मकवानपुरको बागमती गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूका लागि उपचारात्मक स्वास्थ्य शिविर आयोजना हुने भएको छ। बागमती गाउँपालिकाको आर्थिक सहयोग तथा मकवानपुर अपाङ्ग उत्थान समाजको आयोजनामा शिविर सञ्चालन हुन लागेको हो।
सूचना अनुसार शिविर बैशाख २७ गते आइतबार बिहान ८ बजेदेखि सञ्चालन हुनेछ। कार्यक्रम बागमती गाउँपालिका–४, झुरझुरेस्थित सामुदायिक आँखा केन्द्रमा आयोजना गरिनेछ। अपाङ्गता भएका व्यक्तिहरू तथा सरोकारवालाहरूलाई कार्यक्रममा उपस्थित हुन अनुरोध गरिएको छ।
प्रतिकृया दिनुहोस्

























