सहिद स्मृति अस्पतालमा वर्थिङ सेवाका लागि सामग्री हस्तान्तरण

बागमती: मकवानपुरको बागमती गाउँपालिका अन्तर्गत रहेको स्मृति आधारभूत अस्पतालमा सुरक्षित मातृत्व सेवा (बर्थिङ सेवा) सञ्चालनका लागि आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ। बुधबार अस्पताल परिसरमा एक कार्यक्रमका बीच उक्त सामग्रीहरु हस्तान्तरण गरिएको हो ।


अस्पताललाई ७२ प्रकारका स्वास्थ्य सामग्री प्राप्त भएको पालिकाका जन स्वास्थ्य अधिकृत योगेश घलानले जानकारी दिनुभयो। उहाँका अनुसार भिडियो एक्सरे मेसिन १ थान, डेलिभरी बेड १ थान, अस्पताल बेड २ थान, फ्रीज १ थान, केएमसी सेट, एमभीए सेट लगायतका सामग्री प्राप्त भएको छ।

बागमती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जीको अध्यक्षता तथा स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नरेन्द्र कुमार झाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा वन हर्ट वल्डवाइड नेपालका एमनएच स्पेसलिष्ट मालती श्रेष्ठले सामग्री हस्तान्तरण गर्नुभएको थियो।

सामग्री हस्तान्तरण कार्यक्रममा बागमती गाउँपालिका प्रवक्ता तथा सामाजिक विकास समितिका संयोजक कमान सिं पाख्रिन, लेखा प्रमुख झम्कनारायण घलान लगायत स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

१५ शैयाको सहिद स्मृति अस्पताल सञ्चालनको तयारीमा छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.