हेटौंडामा एसईई परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

हेटौंडा: मकवानपुरको हेटौंडाबाट एसईई परीक्षा दिन खोज्ने नक्कली परीक्षार्थी पक्राउ परेका छन्।

शुक्रबार बिहान ८ बजे हेटौंडा उपमहानगरपालिका–१० भुटनदेवीस्थित सोलिड्यारेटी माध्यमिक विद्यालय एसईई परीक्षा केन्द्रमा अर्काको नामको प्रवेशपत्रमा आफ्नो फोटो टाँसी परीक्षा दिन आएको एक जना नक्कली परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुली जिल्लाको मरिण गाउँपालिका–४ घर भई हाल हेटौंडा उपमहानगरपालिका–४ स्थित हेटौंडा स्कुल अफ म्यानेजमेन्ट कलेज मा कक्षा ११ मा अध्ययनरत अन्दाजी १८ वर्षका बिराज विक रहेका छन्।

प्रहरीले थप अनुसन्धान गर्दा उनले हेटौंडा–१२ पदमपोखरी का १९ वर्षका अंकिश श्रेष्ठको नामको प्रवेशपत्र लिएर परीक्षा दिन आएको खुलेको जनाएको छ।

घटनामा संलग्न दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याएर आवश्यक अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.