बकैया-११ मा करेन्ट लागेर एक जनप्रतिनिधिको मृत्यु

बकैया: मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर-११ का एक जनप्रतिनिधिको करेन्ट लागेर मृत्यु भएको छ। मंगलबार बिहान वडा सदस्य ४२ वर्षीय ज्ञान बहादुर गोलेको करेन्ट लागेर मृत्यु भएको अवस्थामा भेटिएको हो।

बकैया-११ का वडाध्यक्ष गोपाल बहादुर न्यासुरका अनुसार
वडास्थित पिपलडाँडा गाउँमा २ दिन अघिदेखी लाइन नआएपछि लाइनको अवस्था बुझ्दै वडाको नियमित बैठकमा पनि सहभागी हुन सदस्य गोले हिँडेका थिए। विजुली लाइनको तार पछ्याउँदै जाने क्रममा हावाहुरीका कारण तार चुँडिएको ठाउँमा गोलेलाई करेन्ट लागेको अनुमान छ। गोलेलाई विद्यार्थीहरुले स्कुल जाने क्रममा मृत अवस्था देखिपछी घरमा खबर गरेका थिए। गोले घटनास्थलमै मृत अवस्थामा भेटिएको वडाध्यक्ष न्यासुरले बताउनुभयो। वडा सदस्य गोले २ कार्यकाल वडा सदस्यमा निर्वाचित जनप्रतिनिधि हुन् ।

वडाध्यक्ष न्यासुरको अनुसार बुधबार विध्युत प्राधिकरणसँग बैठक बसेर मात्रै पोष्टमार्टम प्रक्रिया अगाडी बढ्नेछ।घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.