६ हजारभन्दा बढी सिलिन्डर लुकाएर राखेको फेला परेपछि ग्यास उद्योगलाई तीन लाख रुपैयाँ जरिवाना

मकवानपुर: वाणिज्य विभागले ६ हजारभन्दा बढी सिलिन्डर लुकाएको आरोपमा श्रीराम ग्यास उद्योगलाई ३ लाख जरिवाना गरेको छ।

ललितपुरको हरिसिद्धिमा अनुगमन गर्दा श्रीराम ग्यास उद्योगले सिलिन्डर लुकाएको फेला पारेको थियो। विभागले बडिमालिका खाद्यान्न भण्डारलाई १५ हजार र दुवाडी स्टोरलाई ५ हजार जरिवाना गरेको छ। काठमाडौँ । ६ हजारभन्दा बढी सिलिन्डर लुकाएर राखेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले श्रीराम ग्यास उद्योग ३ लाख रुपैयाँ जरिवान तिराएको छ ।

विभाग र आयल निगमको टोलीले सोमबार गरेको अनुगमनमा उद्योगले ललितपुरको हरिसिद्धिमा ६ हजारभन्दा धेरै ग्यास सिलिन्डर लुकाएको पाइएको हो ।

साथै विभागले बडिमालिका खाद्यान्न भण्डारलाई १५ हजार र दुवाडी स्टोर एण्ड मल्टी ट्रेडलाई ५ हजार रुपैयाँ जरिबाना तिराएको छ । अन्य १८ वटा खाद्य स्टोरलाई सामान्य निर्देशन दिएको विभागले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.