मोटरसाइकल दुर्घटनामा परी बकैयाका गोलेको मृत्यु

मकवानपुर: मकवानपुरको बागमती गाउँपालिका–८ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बकैया गाउँपालिका–८ बस्तिपुरका ४० वर्षीय प्रेम बहादुर गोले रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

सोमबार राति ८:५० बजे मदन भण्डारी लोकमार्ग अन्तर्गत उक्त स्थानमा मोटरसाइकल अनियन्त्रित भएर सडक छेउको नालामा खस्दा गोले गम्भीर घाइते भएका थिए।

दुर्घटना भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय फापरबारी मकवानपुरबाट प्रहरी टोली खटिएको थियो। घाइते गोलेलाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएकोमा राति ९:५० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

गोले फापरबारीबाट हात्तिसुँडेतर्फ प्रदेश ३–०२–००५ प १००८ नम्बरको मोटरसाइकल लिएर जाँदै गर्दा दुर्घटनामा परेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.