बागमती: मकवानपुरको बागमती गाउँपालिका-१ मा आयोजना भएको टोलस्तरिय दोस्रो बागमती-१ अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि आयोजक गुम्बा `ए´ ले जितेको छ। बुधबार भएको फाइनलमा बन्जरे युवा टिमलाई १-० गोलले हराउँदै गुम्बाटोलले उपाधि जितेको हो।

विजेता गुम्बाटोलले ६० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बन्जरेले ३० हजार रुपैयाँ प्राप्त गरेको छ।
बागमती-१ का कार्यवाहक अध्यक्ष हस्तबहादुर थिङको सभाध्यक्षता तथा बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिता समापन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी, एन्फा मकवानपुरका वरिष्ठ उपाध्यक्ष अरुण बल, विभिन्न राजनीतिक दल, क्लबका पदाधिकारी, विद्यालयका प्रधानाध्यपाक लगायत बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो।
प्रतिकृया दिनुहोस्






















